दशैंलाई ‘अचार करेली’ (फोटोपिचर)
screennepal
प्रकाशित: २०७१, १२ आश्विन आईतवार
no img
_73A8747

यसरी गर्नुपर्छ : ऋचालाई सिकाउँदै निर्देशक खोखाली ।

काठमाडौं । दशैंको अवसरमा पारेर गायक सुमन कोयुले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सुमनले आफ्नो तेस्रो एल्बम ‘नाम’ को ‘अचार करेली’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । शैलेन्द्र खोखालीले निर्देशन गरेको सो भिडियोमा नायिका ऋचासिह ठकुरी र गायक सयंमले मोडलिङ गरेका छन् ।

_MG_9797
उक्त म्युजिक भिडियोको छायांकन सिन्धुपाल्चोकको विभिन्न रमणीय स्थानमा गरिएको छ । गीतको मागअनुसार सिन्धुपाल्चोकमा छायांकन गरिएको निर्देशक शैलेन्द्रले बताए । म्युजिक भिडियो रिलिजसँगै गायक सुमनले यसपालीको दशैं राजधानीमै मनाउने योजना बनाएका छन् । यसअघि ‘मायालुको यादहरु’ र ‘रि–इन्ट्री’ एल्बम ल्याएका सुमनको ‘नाम’ तेस्रो एल्बम हो । उनले दशैं–तिहारपछि एल्बम रिलिज गर्ने बताउँदै भने, ‘म्युजिक भिडियो रिलिज गरेर मात्र एल्बम रिलिज गर्ने सोचले अगाडि भिडियो ल्याएको हुँ ।’

_MG_9804
मोरङ, मधुमल्लाका गायक सुमनले भने, ‘प्राय आफ्नै जन्मथलोमा दशैं मनाउने गरेको थिएँ । तर, यसपाली घरका सबै परिवार बाहिर भएकाले काठमाडौमै मनाउने योजना बनाएको हुँ । यदि मिल्यो भने पोखरा जानु पर्ला । नत्र यही नै साथीभाईसँग रमाइलो गरेर दशैं मनाउने योजना छ ।’

Comments