माघ ४ मा नाचघरमा एकसाथ प्रस्तुत हुँदै ७० बढी कलाकार
screennepal
प्रकाशित: २०७४, २ माघ मंगलवार
no img

काठमाडौं, २ माघ । ‘वेस्मा लाङ्योक’ अर्थात् फरक पाइलाको दोस्रो सस्करण माघ ४ मा राष्ट्रिय नाचघरमा हुँदैछ । लिम्बू समुदायको विशुद्ध यस सांगीतिक कार्यक्रमका लागि तयारी पूरा भएको आयोजक जनाएको छ । यसपटक कार्यक्रममा लिम्बू समुदायका कनिष्टदेखि बरिष्ठसम्मका ७० भन्दा बढी कलाकार एकैसाथ स्टेजमा उत्रँदैछन् ।


याक्थुङ हाक्पारे पालम सयङ र राष्ट्रिय नाचघर आयोजक रहेको यस विशेष सांस्कृतिक कार्यक्रमका लागि संगीत संयोजन संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राई ‘अन्तरा सांगीतिक समूह’ले गदैछ । लिम्बू जातीको भाषा, कला, साहित्य र रहन–सहन झल्किने ‘वेस्मा लाङ्योक’ एक मात्र यस्तो कार्यक्रम हो, जहाँ लिम्बूहरुको धाननाच, च्याब्रुङनाचलगायतका मनोरञ्जनात्मक गतिविधि एउटै स्टेजमा हुन्छ ।


आयोजक संस्थाकी अध्यक्ष रुपा आङबुहाङका अनुसार कार्यक्रममा विशुछ गीतसंगीत प्रस्तुत हुनेछ । प्रत्यक्ष गीतसंगीत पस्कनका लागि ३० जना बाद्यबादक स्टेजमा देखिनेछन् । उनीहरुले संगीतकार अशोकले संगीत गरेका लिम्बू भाषाका गीतहरुलाई विभिन्न गायक÷गायिकाको साथमा प्रस्तुत गर्नेछन् ।
संस्थाकी अध्यक्ष रुपाले भनिन्, ‘नृत्य र गीतसंगीतका लागि रिहर्सल पूरा भएको छ ।’ कार्यक्रममा अशोकको एकल संगीत रहने जनाइएको छ । यो कार्यक्रम गत वर्षबाट सुरु गरिएको हो । लिम्बू गीतसंगीत तथा कला र संस्कृतिको प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपाले बताइन् । कार्यक्रममा सिक्किमेली साहित्यकार तथा भाषाविद् बिबी मुरिङ्लालाई अभिनन्दन गरिनेछ । कार्यक्रम पूर्वकुलपति तथा आयामेली कविबैरागी काइँलाको प्रमुख आतिथ्यमा हुने संस्थामा महासचिव सैलेन्द्र थेबेले बताए ।

 

Comments