प्राश्नाको विन्तिमा मुना र मौसम (भिडियो)
screennepal
प्रकाशित: २०७४, ३० पुष आईतवार
no img

काठमाडौं, ३० पुस । गायिका प्राश्ना शाक्यले दर्शक तथा श्रोतका लागि ‘विन्ति’ बिसाएकी छन् । निलम आङबुहाङको शब्दरचना रहेको ‘बिन्ति’ बोलको गीतमार्फत प्राश्नाले बिन्ति बिसाएकी हुन् । जुन गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीत प्राश्नाको पछिल्लो एल्बम ‘प्राश्ना’ को हो । जुन एल्बम केही समयअघि रिलिज गरिएको थियो ।


प्राश्नाको बिन्तिमा मुना लावती र मौसम चेम्जोङले अभिनय गरेका हुन् । हाङ चेम्जोङले निर्देशन गरेको यो भिडियो निकै सुन्दर बनेको छ । यस भिडियोका लागि सम्पादन र छायांकन सनराज रानाले गरेका हुन् ।
गायिका प्राश्ना एक समय नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा थिइन् । तर, केही समयको ब्रेकपछि पुन कम्ब्याक गरेकी उनी अहिले पुन चर्चामा आउन थालेकी छन् । विशेषगरी पप गायिकाको ट्याग पाएकी प्राश्ना एक कुसल सुमग गायिका पनि हुन् । यो उनले आफ्नो पछिल्लो गीतहरुबाट पुष्टि गर्दै आएकी छन् ।

Comments