सोलो रिलिज पाउँदा “कान्छी” कति सुरक्षित
screennepal
प्रकाशित: २०७४, २९ पुष शनिबार
no img

स्क्रिननेपाल डटकम :
अहिलेको समय नेपाली चलचित्र पनि एकसाथ भिडिरहेको हामी देख्न सक्छौ । यसले धेरै चलचित्रहरुलाई मार परेको छ । यहि मारमा पर्न लागेको थियो चलचित्र “कान्छी” जसलाई स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नी श्वेता खड्काले निर्माण गरेकी हुन् । चलचित्रले पहिला माघ २६ गतेलाई रिलिज मिति पक्का गरेको थियो तर उक्त मितिमा अनमोल केसी स्टारर “कृ” चलचित्र प्रदर्शनमा आउन लागे पछि “कान्छी” पछाडी हट्यो र फाल्गुन ४ लाई रिलिज मिति पक्का गर्यो । तर फाल्गुन ४ मा पनि छविराज ओझाको “मंगलम” रिलिज हुने कुराले “कान्छी” लाई असर पर्ने देखिएको थियो । तर “मंगलम” ले यति बेला फाल्गुन २५ लाई रिलिज मिति तोकेको छ र “कान्छी” लाई एक्लै छाडी दिएको छ ।

यस हिसाबले चलचित्र “कान्छी” ले यति बेला फाल्गुन ४ मा सोलो रिलिजको अवसर पाएको छ । तर सोलो रिलिज नै पाएपनि “कान्छी” लाई चिन्ता मुक्त भने भएको छैन । किन भने “कृ” रिलिजको एक हफ्ता पछि “कान्छी” रिलिज हुन लागेको छ र “कृ” ले कम्तिमा पनि २ हफ्ता दर्शकहरुलाई आफु देखि टाढा जान दिदैन । यो अनमोल केसीको फ्यान फोलोईङले प्रष्ट बताउछ किन भने यस अगाडिको अनमोलको चलचित्रले यस्तै नतिजा बाहिर लिएर आएको छ । कृ को असरबाट बच्नको लागि नै “मंगलम” फाल्गुन २५ मा सरेको सजिलै बुझ्न सकिन्छ ।

तर यता “कान्छी” निर्मात्री श्वेता भने आफ्नो चलचित्रले सोलो रिलिज पाउँदा सारै खुशी देखिएकी छिन् । उनले चलचित्र निकै राम्रो बनेको र अब धेरै दर्शकहरुले चलचित्र हेर्ने पाउनु हुने उनले बताईन ।”कोहिनूर” फेम निर्देशक आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको मुस्ताङ , अप्पर मुस्ताङ , जोमसोम र राजधानी लगायतका ठाउँमा छायांकन गरिएको छ । चलचित्रमा दयाहाङ राई , श्वेता खड्का , अनु शाह , प्रज्जवल सुजल गिरी , कामेश्वर चौरसिया , तेश्रो लिङ्गी अभियान्ता भूमिका श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र शम्भूजित बाँस्कोटा , अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

Comments