काठमाडौं, ११ पुस । गायन प्रतिभाका धनी सुजन लोहनी यतिखेर ‘लैबरी लै’ नामक सांगीतिक रियालिटी शोमा प्रतिस्पर्धा गरिरहेका छन् । ‘लैबरी लै–२०१७’ नाम दिइएको यस प्रतिस्पर्धामा सुजन टप–१० मा पर्न सफल भएका छन् । करिब ५ सय प्रतिस्पर्धीबाट छनोट हुँदै सुजन यहाँसम्म आइपुगेका हुन् । अब उनलाई एसएमएस भोटिङको आवश्यकता छ । आफ्नो सुरिलो स्वरले गर्दा निर्णायकको मन जित्दै टप–१० मा आइपुगेका सुजनले भने, ‘मलाई अब एसएमएस भोटकोृ खाँचो छ ।’ उनले आफूलाई भोट दिन समेत दर्शक तथा शुभचिन्तकहरुसँग अनुरोध गरेका छन् ।
https://www.youtube.com/watch?v=NkldwZYgKgI&feature=share
सुजन मीठो स्वरमा गाउँछन् । हरेक किसिमका गीत गाउन सक्ने सुजन विशेषगरी क्लासिकल र आधुनिक गीत गाउन रुचाउँछन् । सानैदेखि गायनमा रुचि राख्दै आएका सुजन भन्छन्, ‘लैबरी लै’ को शीर्ष उपाधि जिते पनि नजितेपनि गायनलाई निरन्तरता दिनेछु ।’ तर, उनलाई उपाधि जित्नेका केही आशावादी छन् । भन्छन्, ‘५ सयलाई उछिन्दै टप–१० सम्म आइपुगेँ । अब ९ जनासँग मेरो प्रतिस्पर्धा छ ।’ ‘लैबरी लै’ एउटा विशुद्ध सांगीतिक प्रतिस्पर्धा हो, जसबाट एक कुसल गायन प्रतिभा छनोट हुनेछ । यस प्रतिस्पर्धाको फाइनल हुन करिब दुई महिना बाँकी छ । त्यस अवधिमा प्रतिस्पर्धीहरुलाई स्तरिय गायनसँगै भोटिङको पनि उस्तै आवश्यकता पर्छ ।
सुजनलाई भोटिङ गर्नका लागि मोबाइलको म्यासेन्जरमा गएर
Type LAIBARI Space A Send to 35225 |Ntc/ncell|