काठमाडौं, ९ पुस । ‘एक्स फेक्टर मोडेल नेपाल’ नामक प्रतियोगिता आयोजना हुने भएको छ । मिस्टर एन्ड मिस सुप्रानेसनल अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएको यस एक्स फ्याक्टर मोडेलका बिजेता सुप्रानेसनलको संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताको विजेतालाई ४ दिनको थाईल्याण्ड भ्रमणको समेत व्यवस्था गरिएको छ । साथै नगद पुरस्कार, फिल्म ,म्मुजिक भिडियो र कमर्सियल बिज्ञापनको अवसर दिइनेछ ।
प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूह पुरुष र महिला दुवैले सहभागिता जनाउन पाउने आयोजक संस्थाले जनाएको छ । अन्तराष्ट्रिय स्तरको यस प्रतियोगितामा प्रख्यात अभिनेता, मोडेल, निर्देशकहरु नयाँ अनुहार खोज्न आउने गरेका छन् । एक्स फेक्टर मोडल सम्पूर्ण मोडलिङमा आफ्नो भविष्य बनाउन चाहने र अन्तराष्ट्रिय स्तरमा पुग्न चाहने युवा युवतीको लागि उपयुक्त प्लेटफर्म रहेको एक्स फेक्टर टिमले जनाएको छ । प्रतियोगिताको लागि अडिसन भैरहेको आयोजक संस्थाले जनाएको छ ।
एक्स फेक्टरमा सहभागि हुनेलाई अभिनय, र्याम्प मोडलिङ, फेशन मोडलिङ, १५ वटा भन्दा बढि फरक–फरक थिममा फोटोसुट लिने अवसर पाउने एक्स फेक्टर टिमले जनाएको छ । प्रतियोगिताको फाईनल प्रत्यक्ष प्रशारण समेत हुनेछ ।