काले दाईपछि सारिकाको ‘मुखै चिसो बनायो…’
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
no img

काठमाडौं, ६ पुस । अभिनेत्री तथा गायिका सारिका घिमिरेले केही समयअघि ‘मोहनी’ एल्वम लिएर आएकी थिइन । नायिकाबाट गायिका बनेकी उनी अहिले एल्वममा भएका गीतको भिडियो बनाउँन जुटेकी छन् ।
सुरुमा एल्वममा भएका गीतमध्ये ‘काले दाईको…’को भिडियो लिएर आएकी उनले अहिले ‘मुखै चिसो बनायो मुलको पानीले…’ ल्याउँदै छिन् । यसको राजधानीस्थित वल्र्ड ट्र्ड सेन्टरमा छायाँकन गरिएको छ ।
‘गीतको भिडियो निक्कै राम्रो बनेको छ, बी गोर्खाली ब्योजसँग पहिलो पटक काम गरे सबैले उत्तिकै मिहिनेत गरेका छौ पक्कै पनि राम्रो भिडियो छिट्टै लिएर आउँदै छु दर्शक÷स्रोतामाझ’, सारिकाले भनिन् ।
मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले…’लेमा राजन लामाको छायाँकन र रुद्र बोहराको निर्देशन छ । गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारीकाले रोमान्स गरेका छन् ।
सञ्चारकर्मी तथा लेखक शान्तिप्रियले लेखेको गीतमा सारिकाको स्वर रहेको छ भने यसलाई दीपक शर्माले कम्पोज गरेका हुन् ।
दर्जन भन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी नायिका सारिका घिमिरेले गायन क्षेत्रमा पनि आफूलाई राम्रै गायिकाका रुपमा प्रस्तुत गरिरहेकी छन् ।

Comments