कालिङपोङमा एड्रिनको ‘च्याङ्बा’ सार्वजनिक
screennepal
प्रकाशित: २०७४, २८ कार्तिक मंगलवार
no img

काठमाडौं, २८ कात्तिक । गायनमा होस् वा अभिनयमै किन नहोस् भारतको कालिङपोङका नेपाली कलाकारहरु एकसेएक छन् । यस्तै, चर्चित गायक एड्रिन प्रधानको स्वर रहेको ‘च्याङ्बा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । कालिङपोङको दश माइलस्थित होटल अञ्जलीमा एक समारोहबीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।


सार्वजनिक गीत तथा भिडियोलाई अजय राईले निर्देशन गरेका हुन् । उज्वल बम्जनको शब्दरचना रहेको सो गीतमा संगीत पनि अजयकै रहेको छ । निलम मोक्तानको म्युजिक एरेञ्ज रहेको ‘च्याङ्बा’को भिडियोमा सञ्जय शेर्पा र पिंकी सुन्दासले सुन्दर अभिनय गरेका छन् ।


कालिङपोङमै रेकर्डिङ गरिएको उक्त गीतको भिडियोलाई रिन्छेन भुटियाले खिचेका हुन् भने सम्पादन विक्की प्रधानले गरेका हुन् । गीतअनुसार म्युजिक भिडियो राम्रो बनेको निर्देशक अजयले बताएका छन् । उक्त भिडियो यु–ट्युबमा भने केही दिनमा रिलिज हुने उनले बताए । ‘च्याङ्बा’ गीतको भिडियोलाई वाल नेपालको यु–ट्युब च्यानलमा हेर्न पाइनेछ ।

Comments