मनिताको दर्शकलाई उपहार ‘सिरुपाते खुकुरी’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २६ कार्तिक आईतवार
no img

काठमाडौं, २६ कात्तिक । ‘सिरुपाते खुकुरी’का साथ गायिका मनिता राई श्रोता एवं दर्शकमाझ आएकी छन् । आफ्नो नयाँ ‘सिरुपाते खुकुरी’ बोलको गीतलाई मनिताले भिडियोमा सार्वजनिक गरेकी हुन् । मिठो स्वरकी धनी मनिताको यस गीत तथा भिडियोलाई श्रोता तथा दर्शकले रुचाएका छन् ।
सुनिल दिप्ता राईको शब्दरचना र ताराप्रकाश लिम्बूको संगीत रहेको ‘सिरुपाते…’ गीतको यस भिडियोमा पछिल्लो समयकी चर्चित मोडल अलिशा राईसँगै प्रेम राईले अभिनय गरेका छन् । राजेश पूमा राईले निर्देशन गरेको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेको रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=ld-5UXtNEmA

Comments