दक्षिण कोरियामा हुने ‘ब्राइडल अवाड’मा सिम्रनको प्रतिधित्व
screennepal
प्रकाशित: २०७४, ३१ आश्विन मंगलवार
no img

काठमाडौं, ३१ असोज । दक्षिण कोरियाको सोलमा हुने अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’अन्तर्गत ‘ब्राइडल अवार्ड–२०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् ।
कोटेस्वरकी २० बर्षिया खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाउन लागेको हो । नेपालीका लागि अन्तराष्ट्रिय मोडलिङ अवार्डको ढोका खोल्न सिम्रन सफल भएको बताउँदै नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले टाइटल समेत उनले नेपाल भित्र्याउने बिस्वास आफुलाई रहेको बताए ।


२० देखि २४ अक्टुबरसम्म आयोजना हुने यो अवार्डमा २५ देशका ४५ उत्कृष्ट मोडलहरुको सहभागीता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’की फष्ट रनर अप विजेता हुन् ।
बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्काले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित प्रस्तुति दिनेछिन् ।
देशको कलासंस्कृती अन्तराष्ट्रिय स्तरमा पुर्याउन र अन्तराष्ट्रिय मोडलिङ अवार्ड स्वदेश भित्र्याउन आफु सहभागी हुन लागेको खड्काले बताइन् ।

Comments