हङकङमा रकस्टार सरस्वतीको ‘लेडी गागा’ अवतार ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, ३ आश्विन मंगलवार
no img

काठमाडौं, ३ असोज । नेपाली रकस्टार सरस्वती लामाले हङकङका दर्शक तथा श्रोतालाई आफूसँगै झुमाइन् । नेपाली हङकङ महासंघको सांगीतिक निम्तोमा त्यहाँ पुगेकी यी रकस्टारले ‘उडि जाने हावाले…’ गाउँदा दर्शक उनीसँगै झुमेका थिए । हलिउड पपस्टार लेडी गागा शैलीमा प्रस्तुत भएकी सरस्वतीलाई ‘वान्समोर’ वर्षा भएको थियो । तर, समय अभावका कारण आफ्ना चर्चित रक गीतहरु समेत प्रस्तुत गर्न नपाएको सरस्वतीले सुनाइन् ।


पहिलोपटक अन्तराष्ट्रिय स्टेजमा प्रस्तुत भएकी सरस्वतीले हङकङमा आफ्नो फ्यान तथा दर्शकको उल्लास देखेर दंग हुँदै भनिन्, ‘यहाँको कार्यक्रम गजब भयो ।’ सरस्वतीको यो पहिलो विदेश यात्रा पनि हो ।


१७ सेप्टेम्बरमा आफ्नो रकिङमा झुमाएकी सरस्वती आज मंगलबार एकल शोमा प्रस्तुत हुँदैछिन् । उनले आफ्नो एकल शोमा उपस्थित भएर आफ्नो हौसला बढाइदिनु आग्रह समेत गरेकी छन् । सरस्वतीका लागि हङकङमा तामाङ इन्टरटेनमेन्ट ग्रुपले एकल शो गरेको हो । सरस्वती हङकङस्थित याक एण्ड यति रेष्टुरेन्टमा एकल शो हुँदैछ ।


दुई कार्यक्रमका लागि सरस्वतीले अर्को पनि कार्यक्रम गर्ने भएकी छन् । उनका अनुसार तामाङ घुदुङ हङकङले सरस्वती एकल शो गर्ने भएको छ । नेपाली सांगीतिक क्षेत्रमा सरस्वती रकस्टारका रुपमा चिनिन्छिन् । उनको गायनशैली रकिङ छ । त्यही आफ्नो रकिङ शैलीकै कारण सांगीतिक क्षेत्रमा फरह पहिचान बनाउन सफल भएकी सरस्वती हङकङको सांगीतिक यात्राबाट एकदमै खुसी छिन् । उनले अनलाइनमा कुरा गर्दै भनिन्, ‘मेरो शो हेर्न युके, सिंगापुरबाट समेत हङकङ आएका छन् ।


करिब साता दिनको यस सांगीतिक टुरमा सरस्वतीका अलावा अरु कलाकार पनि छन् । गायिका रेश्मा पुन, नोभा लिम्बू, शिशिर राईलगायत रहेका छन् । यी कलाकार दशै मनाउन भने नेपालमै आइपुग्ने छन् ।

Comments