‘गुन्द्रुक किनामा’ मा हर्षिका र निर्भिक (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, १ आश्विन बुधबार
no img

IMG_9427

काठमाडौं । ‘गुन्द्रुक’ प्रायलाई जानकारी भएपनि ‘किनामा’ धेरैलाई थाहा नहुनुसक्छ । भटमासबाट बनाइने एक किसिमको तरकारी हो किनामा । किनामाको तरकारी पूर्वको गाउँघरमा बनाइन्छ । यसैबारे खोटाङका गायक रुपकुमार राईले गाएका हुन्, ‘गुन्द्रुक किनामा’ । यस गीतको म्युजिक भिडियो काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।  म्युजिक भिडियो निर्देशन सुरज श्रेष्ठले गरेका हुन् । उक्त म्युजिक भिडियो हेरेपछि पूर्वी गाउँघरकै स्मरण हुने गायकको दावी छ ।

IMG_9446
राजधानीको धापासी, सातादोबाटो र जोरपाटीमा छायांकन गरिएको म्युजिक भिडियोमा नायिका हर्षिका श्रेष्ठ, निर्भिक राई र निर्मला राईले अभिनय गरेका छन् । ‘यो सहरमा पनि गाउँकै तिर्सना, पठाइदिनु है आमा गुन्द्रुक किनामा’ म्युजिक भिडियोमा कमलाले आमाको भूमिका गरेकी छन् । गायक रुपमा कुमारका अनुसार चाँडै म्युजिक भिडियो टेलिभिजनबाट अन इयर हुनेछ । रुपकुमारको ‘सार’ मा गुन्दु्रक किनामा, जुन तारा, यसपालिको साकेलामा, छुटिए कि बालसखीलाई, मेरो चिन्ता, नलाग्नु मलाई र यस्तो बनोस् बोलका गीत छन् ।

IMG_9458

Comments