ओएस नेपाल म्युजिक अवार्ड : योगेशको ‘योगी’ ‘एल्बम अफ द इयर’
screennepal
प्रकाशित: २०७४, २५ भाद्र आईतवार
no img

काठमाडौं, २५ भदौं । गायक तथा एरेञ्जर योगेश काजीको एल्बम ‘योगी’ले ‘एल्बम अफ द इयर’को अवार्ड हात पारेको छ । ओएस नेपालले आयोजना गरेको अवार्डमा योगेशले यो अवार्ड पाएको हो । अवार्ड गएको शुक्रबार राजधानीमा सम्पन्न कार्यक्रममा ४८ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा योगेशले ‘एल्बम अफ द इयर’ अवार्ड जित्न सफल भए ।


कार्यक्रममा लोकगीत, लोकदोहोरी, पप, आधुनिक, नेवारी भाषा र भोजपुरी भाषाका गीतसंगीत क्षेत्रका साधकहरुलाई सम्मान गरेको थियो ।
लोकदोहोरीतर्फ उत्कृष्ठ म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा सहदेव कोइराला, म्युजिक भिडियो मोडलतर्फ पुरुषमा, दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिका संगिता मगरले अवार्ड प्राप्त गरे ।
त्यस्तै वेष्ट लिरिक्स कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो इडिटरमा दीपक विष्टले अवार्ड पाए भने लोकगीततर्फ उत्कृष्ट गायकमा पुस्कल शर्मा मलामी सम्मानीत भएका छन् भने आधुनिक गीतमा सर्वाेत्कृष्ट गायक सुरज कुमार थापाले अवार्ड हात पारेका छन् ।
आधुनिक गीतको नवोदित गायकमा सुरेन गौतमलाई सम्मानित गरिएको कार्यक्रममा पपतर्फ अमित जावला, महिलातर्फ लिरिक्समा अस्मिता सुमेरी, वेस्ट पपसंग नवोदित गायकमा रुदेश डंगोलले अवार्ड चुमे । वेष्ट पप गीत फिमेल रिता गुरुङ, नेवारी गीततर्फ भुपेन वज्राचार्य, नेवारी गायकमा कृष्ण भट्ट महर्जन, भोजपुरी गीतमा गायक सन्तोषराजले अवार्ड पाएका छन् ।
ओ एस नेपालले आफ्नो सांगीतिक क्षेत्रमा सहयोग पुर्याउने संचारकर्मीलाई पनि सम्मान गरेको थियो । जसअन्तर्गत सुर्य वस्याल, कमल सरगमलगायतका संचारकर्मीलाई सम्मान गरिएको छ ।

Comments