काठमाडौं, ३ भदौ । ‘मिस एयर होस्टेस–२०१७’का ५१ युवती छनोट भएका छन् । सिजन मिडियाद्धारा आयोजित प्रतियोगिताको यो चौथो सस्ंकरण हो ।
मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौंलगायत विभिनन सहरहरुमा एयर होस्टेसको तालिम लिइबसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका ८१ जना युवतीहरुले यस प्रतियोगीताको लागि आवेदन फारम भरेका थिए ।

Miss Airhostess 2017 (Season4) Audition round
उक्त छनौट कार्यक्रममा नेपाल एयरलाइन्सको वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, क्यानका ट्रमिनल म्यानेजर सुनीता भारद्धाज, सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल, हिमालयन एयरलाइसका इन्जीनियर रन्जीत जैसवाल र अफिसियल कोरीयोग्राफ रोजिन साक्य रनिर्णायक थिए । छनोट भएकाहरुलाई व्यक्तित्व विकासलगायत स्टेज पर्फमेन्स क्याटवाकको कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ दिइनेछन् । कार्यक्रम भाद्र अन्तिम साता हुनेछ ।
मिस एयरहोस्टेसको नाममा मिल्दाजुल्दा नाम राखि मिस एयर होस्टेस नेपाल, डिभा जस्ता विभिन्न नाममा कार्यक्रमहरु फेशवुकमार्फत आव्हान भइरहेकोले उक्त टाइटल आधिकारिक नभएको पनि सिजन मिडियाले जनाएको छ ।