पदमको ‘कभर सङ’ प्रतियोगितामा १५० गीत छानिए
screennepal
प्रकाशित: २०७४, २६ श्रावण बिहीबार
no img

काठमाडौ, २६ साउन । पछिल्लो समय चर्चामा आउँदै गरेका गायक पदम राईको ‘फुल टिपे काँडा बनको’ गीत कभर प्रतियोगितामा सहभागीमध्ये १५० छनोट भएका छन् ।
सांगीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान तथा रुबुशा क्रियटिभ वर्कको आयोजनामा भइरहेको ‘अनलाइन सिङगिङ कम्पिटिसन सांगीतिक भेटघाट चौतारी आइडल–२०७४’मा छनोट भएका १५० गीतमध्येबाट अब २० प्रतिस्पर्धी छानिने छानिने जनाइएको छ । त्यसपछि २० प्रतिस्पर्धीले गायक पदम राईकै दोस्रो गीत ‘तिमीलाई देखेपछि’ बोलको गीतबाट बिजेताहरु छानिनेछन् । यस गीतको निर्णायकमा गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राई रहेका छन् ।
‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’मा प्रथम हुनेलाई ५० हजार नगद पुरस्कार राखिएको छ ।
त्यस्तै, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार प्रदान गरिनेछ । विजेता घोषणा असोज पहिलो हप्ता गरिने जनाइएको छ ।
प्रतियोगिताको प्रायोजकमा मनकुमार साम्पाङ राई (मलेसिया), राज मादिहाङ (दुबई), बाबु राई (मलेसिया), सञ्जु लिम्बु, पुर्ण खालिङ राई, लब्ली सुजु साम्पाङ राई, गंगा राई, बिष्णु पोल्माछा चाम्लिङ (मलेसिया)लगायत रहेका छन् ।
‘फुल टिपे काँडा बनको’ बोलको गीतमा विनोद खम्बुको शब्द संगीत रहेको छ भने दोस्रो गीत ‘तिमीलाई देखेपछि’को शब्द निर्मला बिक, संगीत विनोदकै रहेको छ ।

 

Comments