निर्मल–लक्ष्मीको ‘चासोक तङ्नाम पेगिरो…’
screennepal
प्रकाशित: २०७४, २२ श्रावण आईतवार
no img

काठमाडौं, २१ साउन । ‘आनि केरेग हिलिहाङ दरबार पेगिरो…’जस्ता गीतमार्फत गीतकारका रुपमा खाता खोलेका हर्क योङहाङको अर्को ‘पेगिरो’ टाइटलमा गीत लेखेका छन् । इतिहास अन्वेषकसमेत रहेका हर्कले यसपटक भने ‘चासोक तङ्नाम पेगिरो’ बोलको गीत लेखेका छन् । तर, जे भने पनि उनी ‘पेगिरो’ शब्दप्रेमी देखिए ।
हर्कको शब्दशिल्पीमा गायक निर्मल सुब्बा र लक्ष्मी योङहाङले स्वर खिपेका छन् । लक्ष्मी मोडलिङ हुँदै गायनमा बामे सर्दै गरेकी प्रतिभा हुन् । नृत्यमा समेत पारंगत लक्ष्मी गायनका आलवा अभिनय पनि राम्रो गर्छिन् ।
‘चासोक तङनाम पेगिरो’ गीतलाई अशोक लोहरुङ राईले संगीत गरेका हुन् । जो लिम्बू भाषाका गीतमा संगीत गर्न माहिर मानिन्छन् । भिडियोमा हङकङबासी भीम तुम्बाहाम्फे, शैलेन्द्र थेबे र गायिका लक्ष्मी सयंमले अभिनय गरेका छन् । यस भिडियोमा अरुणपूर्व केलाङ समूह र याक्थुङ हाक्पारे पालाम सयङका कलाकारले नृत्य गरेका छन् । उनीहरका लागि भेषभुषा भने सिक्वेन्स फेसन हाउसले संयोजन गरेको हो ।
लोकेन साँवाले निर्देशन गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी र निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोमा युवायुवतीबीचको प्रेम र भावलाई उतारिएको छ ।

Comments