नाचघरमा सहयोगका लागि जुट्दै यी कलाकार
screennepal
प्रकाशित: २०७४, १५ श्रावण आईतवार
no img

काठमाडौं, १५ साउन । आउँदो ११ भदौमा एक कलाकार टोली जमलस्थित राष्ट्रिय नाचघरमा देखिँदैछन् । जहाँ उनीहरुले आ–आफ्नो कला प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सहयोग पनि जुटाउनेछन् ।

हो, त्यो दिन अर्थात  ११ भदौमा दिउँसो १ बजेबाट स्नेहा बालगृहको सहयोगार्थ सांगीतिक कार्यक्रम हुँदैछ । सुमित्रा चाम्लिङ राई ‘सीमा’ र नन स्टप क्रियशनले गर्न लागेको कार्यक्रममा एक दर्जन बढी कलाकार जुट्दैछन् । उनीहरु आफ्नो लागि भन्दा पनि स्नेहा बालगृहमा आश्रित बालबालिकाको सहयोगार्थ जुट्न लागेका हुन् ।


कार्यक्रममा चर्चित मोडल एलिशा राईदेखि हास्य कलाकार गणेश इशारासम्मले मनोरञ्जन प्रदान गर्ने भएका छन् । साथै, कार्यक्रममा गायिका कुन्ति मोक्तान, सत्यकला राई, पार्वती राई, ममता राई, सोनम थुलुङ, धनीराम राई, प्रमोद निर्वानलगायत अभिनेत्री तथा मोडल अनु शाहको पनि प्रस्तुती रहने कार्यक्रम संयोजक सुमित्राले बताइन् । उनका अनुसार कार्यक्रममा बृतचित्र ‘रजनी’ पनि प्रदर्शन गरिनेछ । यो बृत्तचित्र सुमित्राले ने निर्माण गरेकी हुन् ।

Comments