काठमाडौं, १५ साउन । गायिका तथा मोडल रितिका जिरेल एक डान्सिङ बीटको गीत तथा भिडियो लिएर चाँडै आउँदैछिन् ।
रितिकाको भिडियो तयारी बनिसकेको छ । तर, उक्त भिडियो तीजपछि मात्र सार्वजनिक गर्ने उनको सोच छ । ‘हिजोआज जताततै तीजको माहोल छ’ रितिकाले भनिन्, ‘तीज गीतकै माहोल भएकाले पनि तीजपछि मात्र भिडियो रिलिज गर्ने सोच बनाएकी हुँ ।’ तर, उनले आइटम गीतको भिडियो रिलिज नगरेपनि आफ्ना दर्शक तथा श्रोताका लागि एउटा गीत रिलिज गरेकी छन् । यो उनले यु–ट्युमा रिलिज गरेको भिडियो तीज गीतकै सुगन्ध छ । तर, यसलाई तीज गीत नै भन्नचाहिँ मिल्दैन ।
विशेषगरी डान्सिङ तथा पप सङमा आफ्नो स्वर तथा अभिनय गर्दै आएकी रितिका भन्छिन्, ‘यो गीत पनि डान्सिङ नै हो । तर, तीज स्पेशल भने होइन ।’
रितिका एक यस्ता कलाकार हुन्, जो जति मिठो स्वरमा गाउँछिन्, त्यति नै राम्रो नृत्य र अभिनय पनि गर्छिन् । आफूलाई चिनाउन पर्दा भने उनी गायिका मात्र भन्ने गर्छिन् । तर, दर्शक तथा श्रोताले उनलाई मोडल र गायिका दुवै रुपमा लिन्छन् । थुप्रै गीतमा मोडलिङ तथा नृत्य गरिसकेकी रितिका जिरेल समुदायकी एक प्रतिनिधित्व कलाकार पनि हुन् । जसले कलामार्फत आफ्नो समुदायको नाम राख्दै आएकी छन् ।
भविष्यमा गायनबाटै आफूलाई चिनाउने लक्ष्य लिएकी रितिकाको यो फोटो भिडियोलाई कोचे इन्टरटेनमेन्टले तयार गरेको हो । यो भिडियोभन्दा पनि गीत सुनेपछि आखिर ‘रितिका हो हुन् ?’ भन्ने प्रश्नमा उनको परिचय स्पष्ट गर्नेछ ।