पत्रकार मधुको ‘उठौं कलाकार…’
screennepal
प्रकाशित: २०७४, २२ असार बिहीबार
no img

काठमाडौं, २२ असार । पत्रकार मधु शाहीको शब्द र ज्योतिप्रकश विकेको संगीतमा ललितकलासम्बन्धी ‘उठौं कलाकार…’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा निर्माण गरिएका भिडियोलाई म्युजिक नेपालले बजार व्यवस्थापन गरेको छ ।
राजधानीमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, गीतकार एवं चलचित्रकर्मी यादव खरेल, कला समिक्षक रमेश खनाललगायतले म्युजिक भिडियो र अडियो एकैसाथ सार्वजनिक गरे । कान्तिपुरकर्मी मधुले ललितकलाको विषयमा झन्डै एक दशक पत्रकारीता गरेको अनुभव संगालेकी छन् ।
यहि अनुभव र बुझाईलाई गीतमा उतारेको उनले बताइन् । त्यस्तै संगीतकार एवं चित्रकार ज्योतिले कलाको क्षेत्रमा अहिले सम्म कुनै गीत सिर्जना नभएको बताउदै यसको महत्व खड्कीएको सुनाए  । ‘कला क्षेत्रको गीत थिएन’, उनले भने, ‘यस गीतले ऐतिहासिक काम गरेको छ जस्तो लाग्छ ।’

कुलपति रागीनिले कला सम्बन्धी यस गीतले सबै कलाकारलाई हौसला मिल्नुका साथै सकरात्मक उर्जा मिलेको बताइन् । गीतकार यादव खरेलले सबै पाका र नया पुस्तका कलाकारलाई एकै साथ म्युजिक भिडियोमा समावेश गर्न सक्नु महत्वपुर्ण दस्तावेज रहेको बताए । तीन मिनेट लामो म्युजिक भिडियोमा पाका कलाकार शशी शाह, दुर्गा बराल, रागीनि उपाध्याय लगायत पोखराका कलाकार समेत समेटिएकोछ ।  गीतमा ज्योति संगै रुपक खनाल, सितल पाण्डे र सिता भण्डारीले स्वर दिएका छन् ।

Comments