काठमाडौं, २० असार । पछिल्लो समय नेपाली गीतसंगीत तथा भिडियोमा एक किसिमको ‘कल्चर टे«ड’ चलेको छ । जसलाई हिजोआज पछ्याउने प्रयास संगीतकर्मीबाट भइरहेको छ । यस्तै, पछिल्लो समयकी चर्चित गायिका मेलिना राई लिम्बू कल्चरल भेषभूषा र पहिरनमा देखिएकी छन् । गायक कुसल थलङसँग मेलिनाले ‘सेक्मुरी फूल्यो’ बोलको गीत गाएकी छन् । जुन गीतको भिडियोमा लिम्बू भेषभूषालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
‘सेक्मुरी फूल्यो’ लिम्बू संस्कृतिमा आधारित गीत हो, जसका कारण पनि म्युजिक भिडियो निर्देशकले लिम्बू कल्चरल परिहनलाई प्राथमिकता दिएको हुनसक्छ । यस गीतको भिडियोलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् ।
ताप्लेजुङको कुनै गाउँमा छायांकन गरिएको यस गीतको भिडियोमा सैलेन्द्र थेबे र सिर्जना निङ्लेखुले अभिनय गरेका छन् । सैलेन्द्र र सिर्जनाले यस्ता थुपै्र कल्चरल भिडियोमा अभिनय गरिसकेकाले होला, उनीहरुले एकमदै राम्रो अभिनय गरेका छन् । तर, सेलेन्द्रले भने आफू नयाँ भएको र प्रयास गरिरहेको बताउँछन् । ‘सेक्मुरी फूल्यो’ गीतको भिडियो रिलिज भएपछि सैलेन्द्रले स्क्रीन नेपालसँग भने, ‘म सिकारु हुँ, अझै सिक्दैछु ।’ उनले आगामी दिनमा अझ राम्रो आफ्नो प्रतिभा निखार्ने बताए ।
https://www.youtube.com/watch?v=B3iHJVADEug&feature=youtu.be
सैलेन्द्र र सिर्जनाको अभिनय त प्रशंसनीय छ नै, भिडियोमा गायिका मेलिना राई लिम्बू कल्चरल पहिरन र भेषभूषामा धपक्कै बलेकी छन् । दर्जनौ चलचित्र र सयौं गीत गाइसकेकी मेलिना यसरी लिम्बू कल्चरल पहिरनमा प्रस्तुत भएको भने सायद यो पहिलोपटक हो । ‘सेक्मुरी फूल्यो’ गीतको शब्दरचना सन्तोष थलङ लिम्बू र संगीत सानुबाबा सुब्बाले गरेका हुन् । दिनेश माङ्मुको कोरियोग्राफी रहेको यस भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् ।