अनुले जितिन् ‘नेशनल एक्टिङ कम्पिटिसन’ उपाधि
screennepal
प्रकाशित: २०७४, ४ जेष्ठ बिहीबार
no img

काठमाडौं, ४ जेठ । ‘नेशनल एक्टिङ कम्पिटिसन’ गुल्मीकी अञ्जु थापाले जितेकी छन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौलाई पछि पार्दै उपाधी जितेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् ।

प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्वल अधिकारी तेस्रो भए । तीनै प्रतियोगि टप २५, टप १५, टप ६ हुँदै विजेता बनेका हुन् ।
अभिनयको माध्यमबाट उत्कृष्ट प्रतिभा छान्ने यो देशकै पहिलो रियालिटी शो हो । चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र अभिनेता अनुप बराल प्रतियोगिताको निणार्यकमा रहेका थिए ।
प्रतियोगीहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्के लगायतले प्रतियोगीलाई अभिनयको बिभिन्न प्रशिक्षण दिएका थिए ।

Comments