अमेरिकाको टेक्ससमा तीन हप्ते नेपाल–शो’ शुरु
screennepal
प्रकाशित: २०७३, २६ चैत्र शनिबार
no img

फोर्ट वर्थ, २६ चैत । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा तीन हप्ते नेपाल शो–२०१७ शुरु भएको छ । प्रदशनीमा नेपालमा २ बर्ष अघि गएको भुकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोहरु प्रदशनीमा रहने छन् ।

IMG_0094

शोका एक समारोहबिच रोटरी फाउन्डेसनका प्रमुख पावललुकास फोर्ट वर्थ कला काउन्सील प्रमुख केरीनविले स्टोरी साइकल अमेरीकाका निर्देशक राम सिं पोखरेल फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन र स्टोरी साइकलका सस्थापक सौरभ ढकाल ले संयुक्त रुपमा उद्घाटन गरे ।
स्टोरी साइकल अमेरीकाको फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा तीन हप्ते नेपाल शो २०१७ आयोजना गरेकाहुनजुनआगामीअप्रिल २६ सम्मचल्ने छ । आइतबारबाहेक हरेक दिन विहान ९ बजेदेखि साँझ ५ बजे सम्म प्रदर्शनी खुला रहने छ ।

रोटरी फाउन्डेसनका प्रमुख पावललुकासले पूराना सिप र कलात्मक क्षमताको संरक्षण गर्न अति आवशक रहेको भन्दै नेपालको पूननिर्माणमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए । यसैगरि फोर्ट वर्थ कला काउन्सील प्रमुख केरीनविलेले नेपाली कलाकारहरुको काम देखेर आफु निकै उत्साहित भएको बताउँदै भने, ‘कलाबाट कथा भन्ने तरिका सबैले सजिलै बुझ्न सक्ने तरिका हो । यो प्रदर्शनबाट नेपालको कथा पनि धेरैले बुझ्ने मौका पाउने छन् ।’

IMG_0089
कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले कलाका माध्यमबाट कसरी कथाभन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको बताउदै चित्रकला, हस्तकला, फोटो र भिडीयोलगायतका फरक फरकबिधालाइ एकै ठाउमा प्रस्तुतगर्न शो आयोजना गरिएको बताउँदै यस्तो प्रर्दशनीले कलाकारलाई अन्तरराष्ट्रिय रुपमा चिनाउनुका साथै नेपालको केहि हदसम्म सकारात्मक र प्रभावकारी प्रचार हुने दावी गरे ।
प्रदशनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिविर र गत केहि महिना अगाडी सिन्धुलीको दुम्जामा संचालित कला शिविरमा तयार भएका चित्रकला प्रदशनीमा राखिएको छ । मुख्य चित्रकला सुरेन देशार, अनिल महर्जन र आरके थापाका रहने छन । साथै तासी लामा र जुनी लामाका थान्का पनि प्रदर्शनमा रहका छन ।
हस्तकलामा क्राफ्टेड इन काठमाडौले काठमाडौका २५ भन्दाबढी कलाकारहरुको संकलन गरेको बिबिध कलामध्ये केहि प्रदर्शन गरिएको छ । साथै जेलमातयार गरिएका केहि हस्तकलापनियसमा सामेल छन् ।

स्टोरी साइकलले बिभिन्न ठाउँमा गरेको कथा शिविरमा जम्मा गरेका फोटोहरु प्रदर्थनमा रहने छन । तीमध्ये फोटोग्राफर नबिन बरालले खिच्नु भएका लमजुङका हिमालहरुको फोटो बिषेश आकर्षण रहेका छन । सगरमाथा र बारपाक क्षेत्रका फोटो पनि छन् ।

Comments