काठमाडौं, १२ चैत । भनिन्छ, ‘सेवा नै धर्म हो’ यही भावाना र भनाइलाई आत्मसात गर्दै मोडल तथा समाजेसेवी पविता राई, गायक अशोक मुकारुङलगायतको एउटा टोली मानवताको सोच लिएर शुक्रबार काठमाडौंको गाकर्णस्थित अपांग पुर्नस्र्थापना केन्द्र नेपाल पुगे ।
सहयोगी भावना अर्थात सेवा नै धर्म हो भन्ने सोचका साथ त्यहाँ पुगेका पेसाले नर्ससमेत रहेकी पविताको टोलीले पुर्नस्र्थापना केन्द्र आश्रित अपांग तथा असाहयलाई न्यानो मायासहित विभिन्न सहयोग प्रदान गरे । सहयोगी भावना लिएर आफ्नो आश्रममा पुगेका कलाकारलाई देखेर आश्रित अपांग बालबालिकाहरु हर्षित देखिएका थिए ।
पेसाले बेलायती आर्मी रहेका गायक सुरेन ताम्लिङको सल्लाह, सुझाव र सर्पोटमा त्यहाँ पुगेका पवितालगायतको टोलीले आश्रित अपांग बालबालिकालाई खाद्यन्न, लत्ताकपडालगायत सहयोग गरेका हुन् । कलाकार तथा समाजसेवीबाट सहयोग पाएपछि आश्रमका सञ्चालक पनि खुसी भए ।
उक्त आश्रम समाजसेवी छिरिङ शेर्पाले सञ्चालन गर्दै आएका हुन् । १२ वर्षअघि सञ्चालनमा आएको उक्त आश्रममा अहिले ५५ जना अपांग बालबालिका आश्रित छन् । उनीहरुका लागि आवश्यकीय पर्ने खाद्यन्न तथा लत्ताकपडा सहयोग गरेको पविताले बताइन् । उनका अनुसार ५५ जनामध्ये १४ जना अति अशक्त रहेका छन् ।
पविता पछिल्लो समय समाजसेवासँगै मोडलिङमा सक्रिय छन् । मोडलिङलाई रहरका रुपमा अँगालेकी पविताले अपांग केन्द्रमा पुगेपछि भनिन्, ‘मलाई यस्तै अपांग, असाहय र गरिबदुःखीहरुलाई सहयोग गर्न मनपर्छ ।’ उनले आफ्ना सहयोगी साथीहरु अशोक मुकारुङ, सरेन ताम्लिङलगायतलाई धन्यवाद पनि दिइन् ।