खाम्लालुङ्गे तरेमा खोज्दै रुकमान ! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, ३ चैत्र बिहीबार
no img

rukman limbu (4)

काठमाडौं, ३ चैत । गायक तथा मोडल रुकमान लिम्बू ललितपुरतिर खाम्लालुङ्गे तरेमाको खोजीमा भेटिएपछि  यो समाचार बन्यो । पछिल्लो समय गायन र मोडलिङलाई सँगसँगै पछ्याउँदै आएका रुकमानले केही दिनअघि ‘खाम्लालुङे तरेमे आतिने केवाबे’ भन्दै तरेमाको खोजी गर्दैथिए, जहाँ तरेमा र रुकमानसँगै देखिए पनि ।

rukman limbu (3)
प्रशंग म्युजिक भिडियो छायांकनको हो । गायक तथा मोडल युवराज ईस्बो र ईन्द्र पन्धाक ईस्बोको ‘२५ वसन्त’ एल्वममा समावेश ‘खाम्लालुङे तरेमे आतिने केवाबे’ बोलको लिम्बू भाषाको गीतलाई राजधानीमा छायांकन गरिएको छ ।

rukman limbu (1)
गाँउघरतिरको प्रमभाव झल्काउँने यस गीतको भिडियोमा गायक रुकमानको तरेमा बनेकी छन् आशा लिङदेन सुहाङ । भिडियोमा रुकमान र आशाका अलावा युवराज ईस्बो र इन्द्र पन्धाकको पनि अभिनय छ ।

rukman limbu
‘खाम्लालुङे तरेमे आतिने केवाबे’ गीतलाई यासेली योङहाङले लेखेका हुन् भने संगीत ईन्द्र पन्धाकले दिएका हुन् । लोकेन सावाँले निर्देशन गरेको यस भिडियोमा २५ वर्षे उमेरमा गाउँघरको मेलापात र हाटबजारमा गरेको मायापिरतीलाई चित्रण गरिएको छ । अर्जुन तिवारी समुह छायांकन रहेको यस भिडियोलाई सम्पादन निशान घिमिरेले गर्दैछन् । चाँडै भिडियो दर्शक तथा श्रोतामाझ आउने निर्देशक लोकेनले बताए ।
rukman limbu (2)

Comments