काठमाडौं, २ चैत । दरबार रोधी घरले आफ्नो दोस्रो वार्षिकीको अवसरमा ८ जना स्रष्टालाई सम्मान गरेको छ । राजधानीको जमलमा रहेको यस रोधी घरको नेपाली कांग्रेसका नेता एवं सभासद जगदीश नरसिंह केसीको प्रमुख आतिथ्यतामा लोकदोहोरीको क्षेत्रमा उल्लेख्य योगदान पु-याएकालाई सम्मान गरेको हो ।
दरबार रोधी घर स्रष्टा सम्मान २०७३ बाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष गायक अमर विरही गुरुङ, गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी, गायक बमबहादुर कार्की, गायक घमेश दुलाल, गायिका बीमा कुमारी दूरा, गायिका गीता देवी, गायक दुर्गा रायमाझी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं गायक चन्द्र शर्मालाई रोधीघरले सम्मान गर्दै उनीहरुको योगदानको चर्चा गरिएको थियो । ८ स्रष्टालाई लोकदोहोरीको क्षेत्रमा अनवरत खटेर योगदान पु¥याएको हुँदा सम्मान गरिएको रोधी घरले जनाएको छ ।
रोधीघरका संचालक शिव गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको थियो । सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा सम्मानित अतिथिहरुले प्रस्तुति दिएका थिए ।