मलेसियामा जितिन् रजनीले ‘मिसेज ब्युटिफुल’
screennepal
प्रकाशित: २०७१, १८ भाद्र बुधबार
no img

rajani

काठमाडौं । रजनी थापाले ‘मिसेस युनिभर्स–२०१४’ मिसेज ब्युटिफुल’ को अवार्ड जितेकी छन् । २९ अगष्टमा मलेसियाको क्वालालाम्पुरस्थित सन वे रिर्सोटमा सम्पन्न प्रतियोगितामा विश्वका ६३ देशका सुन्दरी सहभागिता थिए ।
इप्लानेटले आयोजना गरेको ‘मिसेज नेपाल–२०१४’ की विजेता रजनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस युनिभर्स २०१४’ मा सहभागी भएकी थिइन् । जहाँ उनले ‘मिसेज ब्युटिफुल’ को उपाधि आपनो पोल्टामा पार्न सफल भएकी हुन् । इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार करिब ३ हजार दर्शकसामु नेपालकी प्रतियोगी रजनीले नेपालको झन्डा फहराउदै आपनो प्रतिभा प्रस्तुत गरेकी थिइन् । यसअघि ‘मिसेस ग्लोब–२०१३’ मा नेपालका तर्फबाट सहभागी बनेकी रजनी थापाले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी जितेकी थिइन् ।

Comments