बनेपा, १८ फागुन । काभ्रेमा पहिलोपटक आयोजना भएको मिस काभ्रे आइडल–२०१७ को उपाधी ममता तामाङले जितेकी छन् । साथै सब–टाइटलअन्र्तगत बेस्ट फोटोजेनिकको उपाधी पनि उनले पोल्टामा पारिन् । सोमबार भएको अन्तिम प्रतिस्पर्धामा रुक्साना कार्कीले फस्ट अनरअप र सेकेन्ड रनरअप निकिता मानन्धर भए ।
एमाजोन इन्टरटेन्मेन्टले महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले आयोजना गरेको ‘मिस काभ्रे आइडल–२०१७’को सब–टाइटलमा बेस्ट ट्यालेन्टको उपाधी मनिषा थापाले आफ्नो पोल्टामा पारिन् । मनिशाले मोस्ट पपुलर र बेस्ट ड्रेसको उपाधीपनि सब–टाइटल मार्फत जितिन् ।
त्यस्तै क्रमशः बेस्ट क्किन रोजि कपाली, बेस्ट डिसिप्लेन अन्जना श्रेष्ठ, बेस्ट स्माइल किमबेल्ली तामाङ, बेस्ट पर्सनालिटि रोजिना बन्जरा, मोस्ट चार्मीङ रस्मिला तामाङ, मोस्ट एक्टिभ लक्ष्मि मगराती, मोस्ट पंचुअल सर्मीला श्रेष्ठ र मोस्ट कन्फिडेन्ट अनिशा तामाङले सब–टाइटल अन्र्तगत जितेका छन् ।
यसैबीच ‘मिसेस काभ्रे आइडल–२०१७’ को उपाधी सम्झना लामाले आफ्नो शिरमा पार्न सफल भइन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै सम्झनाले उपाधी चुमेकी हुन् । सम्झनाले ‘मिसेस काभ्रे आइडल–२०१७’ उपाधीसंगै सब–टाइटल अन्र्तगत मोस्ट इन्टेलिजेन्टको उपाधीपनि आफ्नो पोल्टामै पार्न सफल भइन् ।
त्यस्तै, फस्ट रनरअपको उपाधी गोमा थापा सिंहले जितिन् । उनलेपनि सब–टाइटल अन्र्तगत बेस्ट स्किनको उपाधी जितिन् । उता सेकेन्ड रनरअपको उपाधी जुनी श्रेष्ठले आफ्नो शिरमा पार्न सफल भइन् । सब–टाइटल अन्र्तगत जुनिले बेस्ट ट्यालेन्ट, मोस्ट पपुलर र ‘मिस एण्ड मिसेस अन्र्तगत गरिएको भिवर च्वाइज जितिन् ।
बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस काभ्रे आइडल–२०१७’को सब–टाइटलमा क्रमशः बेस्ट फोटोजेनिक अनामिका पाण्डे, बेस्ट स्माइल करुणा श्रेष्ठ, मोस्ट एक्टिभ निशा भुजेल, बेस्ट पर्सनालिटि मन्जु भुजेल, मोस्ट कन्फिडेन्ट सृजना केसी, मोस्ट चार्मिङ पुनम सापकोटा र बेस्ट ड्रेस अनामिका पाण्डेले सब–टाइटल अन्र्तगत जितेका छन् ।
‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगीतामा चर्चित कोरियोग्राफर कला सुुब्बा, अभिनेत्री मेलिना मानन्धर, अभिनेता गजित विष्ट, मोडल तथा अभिनेता दिक्पाल कार्की र ‘ब्युटिसियन नेपाल–२०१६’की बिजेता कमला अधिकारी निर्णायक मण्डलमा थिए ।
‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ को फाइनल कार्यक्रम हेर्न आएका दर्शकहरुले साङ्गीतिक प्रस्तुती तथा डान्सबाट मनोरञ्जन लिन पाएका थिए । कार्यक्रमको सुरुवातीमै गायिका तायाहाङ्मा राईले आफ्नो नया“ गीतहरुबाट दर्शक नचाएकी थिइन् । त्यस्तै चर्चित पप गायक धिरज राईले पनि आफ्ना पुराना हिट नम्बर गीतबाट दर्शकहरु नचाएका थिए ।