यस्तो देखियो ‘महानायक’सँग मीनाको केमेष्ट्रि ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १ फाल्गुन आईतवार
no img

mina maden (6)

काठमाडौं, १ फागुन । पुर्वबाट उदाएकी मोडल मीना मादेन ‘नुमाफुङ’ थोरै समयमै म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छन् । मोडलिङ क्षेत्रमा उज्जल भविष्य खोज्दै संघर्षको मैदानमा उत्रिएकी मीना अब चाँडै एक म्युजिक भिडियोमा ‘महानायक’ राजेश हमालसँग देखिँदैछिन् । गायक मनोजराज र गायिका लामाको स्वर रहेको ‘म हिड्दा ठेसै लागे’ बोल गीतको भिडियोमा राजेश हमाल र मीनाको केमेष्ट्री हेर्न सकिन्छ ।
आलोक चाम्लिङको शब्दरचना र पावल चाम्लिङको संगीत रहेको यस भिडियोलाई सुशन कँडेलले निर्देशन गरेका हुन् भने कोरियोग्राफी उत्सव दाहालले गरेका छन् । केही दिनअघि छायांकन गरिएको उक्त भिडियो चाँडै रिलिज हुने बताइएको छ । उक्त भिडियो रिलिजपछि मीनाले म्युजिक भिडियोको क्षेत्रमा पक्कै एक फड्को अगाडि मार्नेछिन् । यसअघि पनि थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मीना र राजेश हमालको केमेष्ट्रि तस्बिरमा हेर्नुस् ।

mina maden (5) mina maden (4) mina maden (3) mina maden (2) mina maden (1)

Comments