बनेपा, २८ माघ । काभ्रेमा पहिलोपटक आयोजना हुन लागेकोे ‘मिस एण्ड मिसेस काभ्रे आइडल–२०१७’ को फाइनल प्रतिस्पर्धामा २२ जना प्रतिस्पर्धी छनोट भएका छन् ।
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल–२०१७’ को फोटोसुट कार्य भइसकेको छ । प्रतियोगिताको अफिसियल मिडिया तथा फाटोग्राफी विशाल राईले गरेका छन् ।
महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘मिस काभ्रे आइडल–२०१७’ को आयोजना गरिएको हो भने ‘मिसेस काभ्रे आइडल –२०१७’ को बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
फागुन १४ गते पञ्चकन्या ब्याङ्क्वेट बनेपामा हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।