गीतकार खरेललाई ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार’
screennepal
प्रकाशित: २०७३, १७ माघ सोमबार
no img

काठमाडौं, १७ माघ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो नाम स्थापित पुरस्कार सोमबार एक समारोहबीच बरिष्ठ गीतकार तथा सञ्चारकर्मी किरण खरेललाई प्रदान गरेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर ‘अनेसास’द्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले गीतकार खरेललाई ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार–२०७३’द्वारा पुरस्कृत गरेका हुन् । पुरस्कार राशी नगद २१ हजार रहेको छ ।

376A8455
गीतकार तथा प्राज्ञ उन्नती शिला बोहराद्वारा स्थापित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार’ पाउने गीतकार खरेल पहिलो व्यक्ति हुन् । राष्ट्रकवि घिमिरेकै प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरणमा समारोहमा बोल्दै गीतकार तथा प्राज्ञ उन्नती शिलाले भनिन्, ‘यो पुरस्कार कोष गीतसंगीत तथा साहित्य क्षेत्रमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्न स्थापिना गरेकी हुँ ।’ उनले आफू गीत क्षेत्रमा रमाउने भएकाले सय क्षेत्रको उन्नती र विकासमा टेवा पु¥याउँन सुरुमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको सुनाइन् । उनले पहिलोपटक गीतकार खरेललाई पुरस्कृत गर्न पाउँदा गर्व लागेको समेत बताइन् ।

376A8433
करिब पाँच दशकदेखि निरन्तर गीति लेखनमा क्रियाशील गीतकार खरेलले पुरस्कृत भएपछि भने, ‘राष्ट्रकविकै नामको पुस्कार उहाँकै हातबाट लिन पाउँदा अत्यन्त खुसी लागेको छ ।’
‘अनेसास’ नेपाल च्याप्टरका अध्यक्ष एवं साहित्यकार राधेश्याक लेकालीको सभापतित्वमा सम्पन्न पुरस्कार समारोहमा गीतसंगीत तथा साहित्य क्षेत्रका विभिन्न विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संगीतकार शम्भुजीत बास्कोटा, गीतकार रत्नशम्सेर थापा, राजेन्द्र थापा, श्रीपुरुष ढकाललगायतका गायक÷गायिकाको उपस्थिती थियो । कार्यक्रममा राष्ट्रकवि घिमिरे र गीतकार खरेलद्वारा रचित गीतहरु विभिन्न गायक तथा गायिकाले गाएका थिउ ।

Comments