काठमाडौं, १५ माघ । विविध नृत्य, गायन, अभिनय देखाउँदै ‘मिस टिन कन्टेस्ट नेपाल–२०१७’ का प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शोअन्तर्गत उनीहरुले शनिबार राजधानीमा एक समाराहबीच आफुमाझ भएका प्रतिभा प्रस्तुत गरेका हुन् ।
¥योम्प जोनद्धारा आयोजित यो प्रतियोगितामा ३२ प्रतियोगी छन् । जस मध्य ३१ प्रतियोगीले शनिबार ट्यालेन्ट देखाएका हुन् । जस मध्य अधिकाँसले लोक, आधुनिक नृत्य देखाए । प्रतियोगिहरुमा अर्पना दयाल, विशेषता शिल्पकार, मिट्ठु थापा, अमिना कालु, अनु मगर, विशाखा भण्डारी, भावना काफ्ले, प्रशुना थापामगर, सविना श्रेष्ठ, अलिशा श्रेष्ठ, सलिना पाण्डे क्षत्री, शर्मिला सापकोटा, राजेश्वरी श्रेष्ठ, शुष्मा लामा, मृदुला गणेश, दीपा तण्डुकार, सम्झना राई रहेका छन् ।
यस्तै पुजा श्रेष्ठ, रोजिना घाजु, प्रियँका थापा, कविना थापा, इशिका शाक्य, अञ्जु थापा, पासाश लामु शेर्पा, सोनी मगर, सज्दा शाक्य, अन्सु रिमाल, प्रगती राई, अनिता मुखिया, रोजिका पोखरेल र सुदिक्षा राज्यलक्ष्मी शाहले पनि शनिबार ट्यालेन्ट प्रस्तुत गरे ।
ट्यालेन्ट शो को निर्णायकहरुका नृत्य निर्देशक दीपक बज्राचार्य, गायिका सलिना प्रधान, मोडल सिमरन पन्त र पत्रकार, चलचित्र निर्देशक डब्बु क्षत्री निर्णायक थिए । कार्यक्रम व्यबस्थापक सँस्था यल इभेन्ट सोलुसनकी अध्यक्ष रमी श्रेष्ठका अनुसार जाडो विदामा बसेका किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता गरिएको हो । आगामी शनिबार २२ माघबा मिस टिन कन्टेस्ट चयन हुनेछन् ।