काठमाडौं, १४ माघ । युवा तथा युवतीका लागि त विभिन्न नाममा सौन्दर्य प्रतियोगिताहरु हुँदै आएको त सबैलाई थाहैछ । सोन्दर्य प्रतियोगिताको बढ्दो लहरसँगै हिजोआज स–सना नानीहरुबीच पनि यस्ता कार्यक्रम हुन थालेको छ, जो नर्सरीभन्दा तल पढिरहेका छन् । यस्तैं, नर्सरी लेवलभन्दा तल तोते बोलीमा पढिरहेको नानीहरुबीच राजधानीमा ‘किन्डरगार्डेन प्रिन्स–प्रिन्सेस नेपाल–२०१७’ नाममा प्रतियोगिता भएको छ । यो प्रतियोगिता भइरहँदा कुनै प्रतियोगी रुइरहेका थिए र आमाहरु आफ्ना छोराछोरीलाई सम्हाल्न स्टेजतिर लम्किरहेका देखिन्थे ।
यी साना (काखे नानीहरुको प्रतियोगिता’ भन्दा फरक नपर्ने यस प्रतियोगितामा प्रोमिनेन्ट किड्स स्कुलमा अध्ययनरत रौनक भण्डारी र जियाना रेश्मीले जितेका उपाधि जितेका छन् । यो कार्यक्रम आरके इन्टरटेनमेन्ट ग्रुपले गरेको हो । यो गु्रपका अनुसार सन् २०१४ देखि विश्वमै ‘किन्डरगार्डेन प्रिन्स–प्रिन्सेस’ हुन थालेको हो । ‘किन्डरगार्डेन प्रिन्स–प्रिन्सेस नेपाल’ को यो तेस्रो संस्करण हो । प्रतियोगितामा ‘प्रिन्स’ तर्फ ११ र ‘प्रिन्सेस’ तर्फ १४ नानीहरुले सहभागी जनाएका थिए ।
प्रतियोगितामा फेरीजोइ इसिसी स्कुलका प्रिन्स मायन्क राउत तथा सरस्वती उमाविका प्रिन्सेस आकृशा श्रेष्ठ फस्ट रनरअप, प्रोमिनेन्ट किड्स स्कुलका प्रिन्स लुकस अधिकारी तथा प्रिन्सेस समृष्टि बुढाथोकी सेकेन्ड रनरअप भए ।
त्यस्तै प्रोमिनेन्टकै प्रिन्सेस मिचल गोले लामा तथा चिल्ड्रेन स्कुलका प्रिन्स सुमित भट्ट पब्लिक च्वाइस अवार्ड जित्न सफल भए ।
निशा आचार्यको कोरियोग्राफी रहेको प्रतियोगितामा एस तामाङ वेष्ट हेयर, माधवी पाण्डे बेष्ट फ्रण्डशीप, जसन श्रेष्ठ बेष्ट क्याटवाक, अभिगइल महत वेष्ट स्माइल, योञ्जन कार्की वेष्ट ट्यालेन्ट, श्रीयन बस्नेत बेष्ठ क्याटवाक, अञ्जली दाहाल बेष्ट डिसिप्लिन, जेनिश गुरुङ बेष्ठ हेयर, आजसी ढुंगेल बेष्ट डिसिप्लिन, सन्भी तन्डुकार बेष्ट ब्युटि, अभिश पाठक पर्सनालिटी, मुस्कान श्रेष्ठ बेष्ट फ्रन्डशीप, लानीरानी गाम्देन तामाङ बेष्ट ट्यालेन्ट, श्रीया बिष्ट फोटोजेनिक, अवतार सिहं गुरुङ जेनेरिसले अवार्ड पाए । यस प्रतियोगिताका लागि नायक सञ्चारकर्मी आरडी शृंखला, अञ्जली शाक्य, युवा व्यवसायी किशन सिंह, कलाउडीयो पेरोकिनी स्वीस र मन्टेश्वरी एशोसिएशनका अध्यक्ष तथा मन्टेश्वरीअन्तर्गत अन्तर्राष्ट्रिय प्रशिक्षक सुष्मा लामा निर्णायक थिए ।
तस्बिर : सुनिल राजभण्डारी