काठमाडौं, ६ माघ । कृषि, पर्यटन र व्यापारको राम्रो सम्भावना बोकेको पुर्वाञ्चल विकास क्षेत्र हो धनकुटा । यसै जिल्लाको अर्खौले जितपुर पनि एक हो । जहाँ एनटिआईएसमा समावेश १९ भन्दा बढी प्रजातिका वनस्पति पाइनुका साथै नगदेबाली उत्पादन हुन्छ । यसै स्थान अर्थात् जितपुरमा यही माघ १४ देखि १९ सम्म मेला लाग्दैछ । जहाँ नेपालका ख्याती प्राप्त कलाकारहरुले आफ्नो दम्दार प्रस्तुती दिँदैछन् ।
जितपुर क्याम्पस निर्माण सहयोर्गाथ हुने उक्त मेलाको नाम प्रस्तुती दिँदैछन् । जितपुर क्याम्पस निर्माण सहयोर्गाथ हुने उक्त मेलाको नाम श्री वसन्त पञ्चमी मेला–२०७३’ भनिएको छ । जितपुर बजार ब्यवस्थापन समिति र गाउँ खेलकुद विकास समिति जितपुरले उक्त मेलाको आयोजना गर्न लागेको हो । यस कार्यक्रमका संयोजक कुसुम तुम्बाका अनुसार मेलामा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।
कार्यक्रममा राजेशपायल राई, तुलसी पराजुली, गंगा बद्र्र्धन, बिनोद खम्बु, राम रेप्चुङ राई, राकेश किराँती, अमृता लिम्बू, हेमु स्मृति चोङ्वाङ र हाँस्य कलाकार नारद खतिवडा साथै फन फ्युजन डान्स सेन्टर धरान र स्थानीय कलाकारको पनि प्रस्तुति रहने भएको छ । उक्त कार्यक्रमलाई याङ्जोम शेर्पा र बिनोद ढकालले सञ्चालन गर्ने संयोजक कुसुम तुम्बाले बताए ।
धनकुटा विशेषगरी रुद्राक्ष, अलैंची, चिया, सुन्तला, अदुवा,अम्लिसो, नुडल्स, स्वास्थ्य शिक्षा, लोक्ता, सुगन्धित तेलजस्ता नगदेबालीले प्रख्यात छ ।