चक्रबाट उदाउँदै एक्शन रोहन
screennepal
प्रकाशित: २०७१, १५ भाद्र आईतवार
no img

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा ‘एक्शन हिरो’ अभाव भइरहेको बेला रोहन श्रेष्ठ ‘पिएल’ को उदय भएको छ । पाँच वर्षअघि ‘मायाको बन्धन’ मार्फत हिरोका रुपमा डेब्यु गरेका रोहन अभिनीत पछिल्लो फिल्म ‘चक्र’ रिलिजको तयारीमा छन्, जुन फिल्ममा रोहनको एक्शनको ‘जादु’ देखिने छ । ‘चक्र’ एउटा यस्तो फिल्म हो, जसमा एक मोस्ट वान्टेड अपराधीको कथा चित्रण गरिएको छ । जुन भूमिकामा रोहनलाई दर्शकले पाउनेछन् । शारीरिक सुगठन तथा जिम्याष्ट्रिक खेलाडीसमेत रहेका रोहनले फिल्ममा आफ्नो भूमिकाको न्याय गरेको बताउँछन् । रोहनले भने, ‘फिल्म चक्रमा ज्यानै बाजी राखेर अभिनय गरेको छु । एक्शन भूमिका निर्वाह गर्नेक्रममा सुटिङमा तीनपटक घाइते भएको थिएँ ।’

IMG_5090 copy
रञ्जित राना निर्देशित फिल्म ‘चक्र’ मा रोहन ‘मोस्ट वान्टेड’ हुन्छन् । उनलाई प्रहरी सहरमा तिव्र खोजी गरेकाले जंगल–जंगल लुकेर बस्छन् । र, जंगलमै टे«निङ गर्छन् । यो फिल्म ‘चक्र’ को कथासार हो । शारीरिक रुपमा समेत सगठिट रोहन भन्छन्, ‘मैले मिहिनेत गरेअनुसार फिल्मबाट आशावादी छु ।’ ‘एक्शन हिरो’ को अभाव परिपूर्ति गर्न नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको रोहनको भनाइ छ । हुन पनि हिजोआज नेपाली फिल्म क्षेत्रमा एक्शन हिरोको अभाव छ । एक समय निखिल उप्रेती एक्शनमा जमेका भए पनि अहिले निष्कृय छन् । निखिल एक्शन भूमिकामा जमेको भए पनि शारीरिक रुपमा त्यति अब्बल थिएनन् । तर, रोहन शारीरिक रुपमा त अब्बल छन् नै, अभिनय, नृत्यलगायत फिल्ममा आवश्यक पर्ने हरेक पूर्वाधारमा निपुर्ण छन् । ‘मलाई सलमान खानको जस्तो बडी नेपाली फिल्ममा देखाउने इच्छा छ’, फिटनेशका गुरु तथा विद्यार्थी दुवै रहेका रोहनले भने, ‘नेपाली फिल्मका हिरो पनि गतिला रहेछन् भन्ने देखाउन चाहन्छु ।’
काठमाडौं चपली हाइटका रोहनले यसअघि ‘नयाँ नेपाल एक्प्रेस’, ‘युज’, ‘समर्पण’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । तर, सोलो हिरोका रुपमा भने पहिलोपटक ‘चक्र’ मा देखिन लागेका हुन् । केही म्युजिक भिडियो तथा टेलिसिरियलमा समेत अभिनय गरिसकेको बताउँदै रोहनले भने ‘एक्शन हिरोका रुपमा आफूलाई चिनाउने मेरो उद्देश्य हो ।’ उनले म्युजिक भिडियोमा पाि मोडलिङ गर्ने इच्छा रहेको सुनाए ।

Comments