म्युजिक भिडियो रिलिज संगै अब पूर्वमा पनि “कर्माण्य”
screennepal
प्रकाशित: २०७३, ९ पुष शनिबार
no img

karmanya
सन्देशमुलक सामाजिक चलचित्र “कर्माण्य”को गीत अनायासै सार्वजनिक भएको छ | शुक्रबार युट्युब मार्फत रिलिज गरिएको राजु तामाङको शब्द संगीत र स्वर भएको उक्त गीत र भिडियो एकै दिनमा चर्चामा पुग्न सफल भएको छ |

विभिन्न च्यारिटी शोहरु गरिरहेको यस चलचित्र आगामी हप्ता देखि पूर्वको यात्रामा निस्कने भएको छ | पूर्वको झापा, बिराटनगर, धरान, इटहरी लगाएत विभिन्न ठाउँमा च्यारिटी गर्न लागिएको यस चलचित्रका निर्माण टीमले बताएका छन्|

अर्पण बस्नेत द्वारा निर्देशित यस चलचित्रलाई नबिन बाबु गुरुङले खिचेका हुन् | मिस्टरनेपाल सन्दीप पोख्रेल, योबना कार्की, आदित्य शर्मा मिना खड्का शंकर पराजुली लगाएतको अभिनय रहेको यस चलचित्रलाई उज्वल ढकालले सम्पादन गरेका हुन् |
karmanya1
काठमाडौँका विभिन्न ठाउँमा च्यारिटी गरेर चर्चा बटुलेको यस चलचित्रलाइ अब देश बिदेशमा समेत देखाइने यसका निर्माण टीमले बताएको छ |

Comments