२४ डिसेम्बरमा हङकङ तताउँदै यी कलाकार
screennepal
प्रकाशित: २०७३, ५ पुष मंगलवार
no img

काठमाडौं, ५ मंसिर । यो २४ डिसेम्बर अर्थात आउँदो शनिबार नेपाली कलाकारले हङकङस्थित यउ मा तेई हल तताउँदैछन् । त्यसका लागि २३ डिसेम्बरमा काठमाडौंबाट नेपाली कलाकारको एक टोली हङकङ प्रस्थान गर्दैछन् । ती कलाकारले ‘पाथिभरा नाइट–२’ नामक सांगीतिक कार्यक्रममा सहभागी भइ त्यहाँ रहेका नेपालीलाई भरपुर्ण मनोरञ्जन प्रदान गर्दैछन् ।

15338605_1153700411345478_5155442978048751062_n
पाथिभरा नाइटमा सहभागी तथा प्रस्तुती दिन प्रथम नेपाल तारा दीपक लिम्बू, पछिल्लो समयकी चर्चित गायिका मिलन अमात्य, गायिका सिला राई, अर्को चर्चित गायक रुकमान लिम्बू, हास्य कलाकार गणेश इशारा, मोडल तथा नृत्यांगना आयुशा राईका साथ कार्यक्रम सञ्चालिका याङ्जोम शेर्पा हङकङ जाँदैछन् । उनीहरु पाथिभरा क्लव हङकङको सांगीतिक निम्तोमा त्यहाँ जान लागेका हुन् । ‘पाथिभरा नाइट–२’ कार्यक्रम यसै क्लवले गर्न लागेको हो । कार्यक्रमका संयोजक हेमराज अङ्छङ्बोका अनुसार कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको छ ।
यता कलाकारले पनि हङकङका लागि सबै तयारी गरिसकेको बताएका छन् । हङकङ जाने तयारीमा रहेका गायक रुकमानले भने, ‘सबै तयारी गरिसकेका छौं । हामी यहाँबाट २३ तारिखमा उड्नेछौं ।’ रुकमान आफ्नो पछिल्लो गीत ‘हाक्पारे पालम ख्याली’ बाट चर्चामा छन् । टोलीमा रहेका सबै कलाकार आ–आफ्नो स्थानमा अब्बल छन् । त्यसैले पनि यसपटक ‘पाथिभरा नाइट–२’ तातिने भएको छ ।

Comments