कार्तिक, १९ काठमाडौँ
चर्चित गायक अविनाश घिसिङले आफ्नो पछिल्लो एल्बम गाउँ छेउमा समावेश चुइ चुइ चुइकने जुत्ताको म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्|
जयनन्द लामाको शब्द संगीतमा रहेको यस गीतलाई उनले रिमेक गरेर निकालेका हुन् | जयनन्द लामा संग कानुनी रुपमै आफुले लिएको यस गीतलाई म्युजिक नेपालले कपिराइट क्लेम गरे पछि उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफु कानुनी प्रकृयामा जाने बताएका छन् |
फेसबुकमा गायक तथा संगीतकार जयनन्द लामासंग गरिएको सम्झौतापत्रको प्रति संगै उनले लेखेका छन् –यो कलाकार प्रतिको शोषण र अपमान हो यसको घोर विरोध गर्दै म कानुनि प्रकृयामा जान्छु |
यस बिषयमा अन्य कलाकारहरु शोषित भएर पनि मौन बसेको बन्दै आफु कम्जोर बनेर नबसी कानुनी प्रकृयामा गएर सबैलाई सिकाएर छाड्ने उनले अडान लिएका छन् |
यस्तै विभोर पोखरेलको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा घिसिङ संगै नवाङ् मोक्तान स्क्रिनमा देखिएका छन् | यस म्युजिक भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने सतिस श्रेष्ठको इडिट र भिएफएक्स रहेको छ |