पाँचथर चिनाउँने भिडियोमा ‘मिस लिम्बू’ सानु !
screennepal
प्रकाशित: २०७३, ११ कार्तिक बिहीबार
no img

काठमाडौं, ११ कार्तिक । ‘मिस लिम्ब–२०१६’ की विजेता साुन नेम्बाङ एक भिडियोमा देखिएकी छन् ।  पाँचथर जिल्लालाई चिनाउँने उद्देश्यले निर्माण गरिएको भिडियोमा मिस लिम्बू सानुका अलावा विभिन्न कलाकारले अभिनय गरेका छन् । ‘शिरैमाथि सिलौटी’ यो बोलको उक्त गीतलाई हङकङमा बसोबास गरिरहेका पाँचथरे गायक÷गायिकाले गाएका हुन् । यासेली योङहाङको शब्दरचना रहेको यस गीतको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् ।

video-photo-1
यस गीतमा भूपेन योङया, मनुता कामम्बाङ, राजु आङदेम्बे, कमानध्वज लावती र पवित्रा राईको स्वर रहेको छ ।  यी सबै गायक–गायिका पाँचथरकै हुन् । गीतका संगीतकार मण्डल पाम्पाङ पनि पाँचथरकै हुन् ।

video-photo-2
भिडियोमा साुनका आलावा यासेली योङहाङ, सुप्रिया कटुवाल, ह्यारी योञ्जन, बबिता फोम्बो, सुक्मिता केरुङ, प्रदीप योङहाङ, शान्ति शेर्मा, भूमिका नेम्बाङ, कल्पना योङहाङ, निलम रोजु, सुक तुम्रोक, फिबा राई, विवेक बेघालगायत दुई दर्जन कलाकारको अभिनय देख्न सकिनेछ ।

video-photo
भिडियोमा पूर्वी नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको भेषभूषा देख्न पाइन्छ । पाँचचर क्षेत्रमा बसोबास गर्ने विभिन्न ९ जातिको भेषभूषा प्रयोग गरिएको यस भिडियोका लागि डिजानइनर कल्पना योङहाङले पहिरन तयार गरेका थिए भने बबिता फोम्बो र रुपा आङबुहाङले व्यवस्थापन गरेका थिए । पाँचथर मञ्च हङकङले निर्माण गरेको यो म्यूजिक भिडियो चाँडै बजारमा आउने मञ्चका अध्यक्ष टीकाराम माखिमको भनाइ छ ।

Comments