काठमाडौं, ११ असोज । एएनपी मिडिया हाउसले एकसाथ यस वर्षका दुई सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल आइकन–२०१६’ र ‘टिचर आइकन अफ दि इयर–२०१६’ आयोजना गरेको छ ।
राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ‘मिस नेपाल आइकन–२०१६’तर्फ १६ जना सहभागी थिए । जसमा ‘सुस्मिता पाण्डे शीर्ष उपाधिका साथै बेष्ट पर्शनालिटी घोषित भएकी छन् ।
त्यसैगरी, त्रिश्ना श्रेष्ठ फस्ट रनर्सअप र मिस व्युटिफुल, एलिना दाहाल सेकेण्ड रनर्सअप र वेष्ट फिजिक, तुला सिलवाल थर्ड रनर्सअप र मष्ट फ्रेण्डली तथा सरस्वती तामाङ मष्ट पापुलर र बेष्ट स्पीच भए ।
त्यसैगरि बिमला ठकुरी व्युटी विथ प्रपोज, कोयल रिजाल मिस कन्जुलिएटि, अन्जली महर्जन मष्ट चार्मीङ्ग, सोनिया लिम्बु मीस फेसन आइकन, माधुरी शर्मा मीस फोटोजेनिक र मिस ट्यालेन्ट, सरीता तामाङ बेष्ट स्कीन, कबिता ठकुरी मष्ट डिसिप्लेन, एलिना राना वेष्ट हेयर र वेष्ट डान्स, परी लिम्बु मिस क्याटवाक र फेसबुक च्वाइस, सुष्मीता भट्टराई बेष्ट स्माइल र रुबिना शर्मा बेष्ट फीटनेस उप उपाधीका विजेता भएका छन्।
उता शिक्षिकाहरुको सौन्दर्य प्रतियोगितामा शिल्पी गुप्ता टिचर आइकन अफ द इयर २०१६ भएकी छन् । १५ जना शिक्षिाका सहभागी प्रतियोगितामा गुप्ता बेष्ट स्कीन पनि भएकी हुन् । त्यसैगरी मनिशा गौतम फस्ट रनर्सअप र बेस्ट स्माइल, प्रतीमा भट्टराई सेकेन्ड रनर्सअप, वेष्ट फर्सनालिटि र वेष्ट स्पीच तथा विभुती पाण्डे र्थड रनर्सअप र मीस व्यीटीफुल तथा पबिता श्रेष्ठ मष्ट पापुलर र बेष्ट फिटनेश उप उपाधीका विजेता भएका छन्। यो प्रतियोगितामासुष्मीता खड्गी मीस फोटाजेनिक र वेष्ट डान्स, गायत्रा बिसी मीस कन्जिनियालिटी, सुष्मीता महतो बेष्ट हेयर र वेष्ट आर्टर्वक, बिष्णुमाया तामाङ्ग बेष्ट फिजिक र फेसबुक च्वाइस, पासाङ्ग ल्हामु गुरुङ्ग मीस फेसन आइकन, रजनी खड्का बेष्ट सिङ्गर, गायत्रा सुवेदी मष्ट फ्रेन्डली, रीमा मुगारती मष्ट डिसिप्लेन, कुसुम श्रीस मष्ट चार्मीङ्ग तथा सीमा नगरकोटी मीस क्याटवाक र मीस टेलेन्थ उप उपाधी विजेता भएका छन्।
आयोजक संस्थाका प्रबन्ध निर्देशक लब बहादर कार्कीले एक अर्कामा ज्ञान र सिप साटासाट होस् भन्ने उद्येश्यमले दुबै प्रतियोगिता एकैसाथ एकै मञ्चमा आयोजना गरिएको बताए ।