काठमााडौं । गीतकार राम रेप्चुङ राई अहिले गीति लेखनमा सक्रिय छन् । वास्तविक नाम रामकुमार राई भएपनि साहित्यिक तथा सांगीतिक क्षेत्रमा उनलाई राम रेप्चुङ राईका रुपमा चिनिन्छन् ।
सानैदेखि आमा–बुवाको मायाममताबाट बञ्चित रहेको बताउँने गीतकार रेप्चुङले १२ बर्षसम्म गोठाले जीवन विताएका थिए । त्यसपछि गीति तथा साहित्यिक सिर्जनामा लागेका उनी भन्छन्, ‘मलाई आफ्नो भावनालाई गीतमा उतार्न मनलाग्छ ।’
आधा सासफेरी रहे, आधा जीवन र आधा सास फेरिरहे–२ जस्ता एल्बम श्रोतामाझ पस्किसकेका उनले चाँडै तेस्रो एल्बम ‘आधा सास फेरिरहे–२’ ल्याउँदैछन् । करिब ९ दर्जनभन्दा बढी गीतहरु रेकर्ड गरिसकेका उनले पछिल्लो समय दिनेश शर्माको चलचित्र ‘हिरासत’ को गीत पनि धमाधम गरिरहेको छन् । उनी गीतमात्र लेख्दैनन् विभिन्न ठाउँमा कार्यक्रमहरु समेत आयोजना गर्दै आएका छन् । उनी आफ्नो संघर्षका जीवनबारे भन्छन् ‘म भूत र वर्तमानलाई होइन, भविस्यलाई सम्झन्छु किनकि मलाई थाहा छ, बाघ मरेपछि छालाले बाँच्छ, मान्छे नामले ।’