बसन्त चौधरीसँग ‘मनका कुरा’मा मनिषाले के भनिन् ? (भिडियोसहित)
screennepal
प्रकाशित: २०८०, ६ पुष शुक्रबार
no img

काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनमा ल्याएका छन् । आज शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत बसन्त चौधरीले कार्यक्रम सञ्चालन सुरु गरेका हुन् ।

पहिलो एपिसोडको अतिथिमा बलिउड अभिनेत्री मनिषा कोइरालासँग मनका कुरा प्रस्तुत गरिएको छ । आजदेखि यो कार्यक्रम हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ ।

कार्यक्रममा आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतार्ने यसअघि नै चौधरीले घोषण गरेका थिए । कार्यक्रममो पहिलो अतिथि बनेकी मनिषा कोइरालासँग सुरुमै बसन्त चौधरीले पुस्तकका बारेमा प्रसंग ल्याएका छन् । सोक्रममा मनिषाले आफूले जीवनमा भोगेका कुरासँगै क्यान्सरसँग आफूले संघर्षको स्मरण गरेकी छन् ।

भिडियो हेर्नुस्

Comments