‘मोडल हन्ट नेपाल’मा प्रतिस्पर्धा गर्दै ३८ प्रतियोगी
screennepal
प्रकाशित: २०८०, ५ पुष बिहीबार
no img

काठमाडौं । ‘मोडल हन्ट नेपाल–२०२३’का लागि ३८ प्रतियोगी छानिएका छन् । विभिन्न चरणको अडिसनबाट मेल र फिमेल गरेर यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगीमा १६ मेल र २२ फिमेल छन् ।

प्रतियोगीताको यो आठौं संस्करण हो । प्रतियोगिताको यो संस्करणमा पनि युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान थियो । देशभरबाट सहभागी थुप्रै मोडलबाट ३८ छानिएको आयोजकले जनाएको छ ।

छानिएका सबै प्रतियोगी अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा जुटिसकेका छन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायी मोडल उत्पादन गर्ने उद्देश्यले ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको धारणा छ ।

प्रतियोगीताको फाइनल स्पर्धा आगामी २९ डिसेम्बर अर्थात यहि पुस १२ गते होटल सोल्टीमा आयोजना हुँदैछ । प्रतियोगीताको मेल विजेताले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीतामा ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र फिमेल विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ ।

Comments