ज्ञानुलाई ‘ब्राइडल कन्टेष्ट नेपाल-२०२०’को उपाधि
screennepal
प्रकाशित: २०७७, १६ पुष बिहीबार
no img

काठमाडौं, १६ पुस । ‘ब्राइडल कन्टेष्ट नेपाल–२०२०’को उपाधि ज्ञानु नगरकोटीले जितेकी छन् । अमेजन इन्टरटेनमेन्ट र कोजी ब्यूटि सलूनको संयुक्त ललितपुरस्थित म्युजिक सिटी स्टुडियोमा सम्पन प्रतियोगितामा आफ्ना ११ जना प्रतिस्पर्धीलाई उछिन्दै ज्ञानुले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा रेणु दवाल फस्ट रनरअप र सुप्रिया तामाङ सेकेण्ड रनरअप भएका छन् ।
अमेजन इन्टरटेनमेन्टकी निर्देशक हिमानी सुब्बा र कोजी ब्युटि सलूनकी निर्देशक डा. रेखा थापाद्वारा एक साता प्रशिक्षणपश्चात अन्तिम प्रतिस्पर्धामा उत्रिएका १२ जना प्रतियोगीले आफ्ना मोडलहरुलाई दुलहीको रुपमा सिँगारेर स्टेजमा उतारका थिए ।
बरिष्ठ ब्युटिसियन कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा ब्युटिसियन रश्मीला श्रेष्ठ, मिसेस नेपाल आइडल २०१७ की विजेता रक्की श्रेष्ठ, हेयर स्टाइलिस्ट एवं मेकअप आर्टिस्ट पुनम श्रेष्ठ र नुरा कुँवर निर्णायक रहेका थिए । कार्यक्रममा मोडलहरुले ¥याम्प फेसन शो पनि गरेको कार्यक्रमका सञ्चालक तथा इभेन्ट व्यवस्थापक कमल खतिवडाले बताए ।

Comments