गीतकार फुलाराको ‘कस्तो भाइरस…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७७, १३ श्रावण मंगलवार
no img

युवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित ‘कस्तो भाइरस आयो’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । संसारभर हुर्रहुरी फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतमा संगीत तथा स्वर रामकुमार बस्नेतको रहेको छ भने संगीत संयोजन रामचन्द्र चन्दले गरेका छन् । फुलारा लिटरेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ वाशु डी. फुलारा पिसीको सहकार्यमा निर्माण गरिएको उक्त भिडियो गीतकार फुलाराले आफ्नै यूट्युव च्यानल ‘फुलारा इन्टरटेनमेन्ट नेटवर्क’मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा सुरविर पण्डित, दिनेश केसी, सरिता राजोपाध्याय, ज्ञान खत्री, ठण्डबहादुर अधिकारी, योगगुरु सुदन भेटवाल, हेमांगराज गिरी र लेखक भीष्मराज फुलारा स्वयंमलाई देख्न सकिन्छ । लिगेस भट्टराईद्धारा निर्देशित तथा सम्पादिन उक्त भिडियोको छायाँकन बिरेन्द्र भट्टले गरेका हुन् भने शृँगार उर्मिला लामाको रहेको छ । व्यवस्थापन पक्षको जिम्मेवारी भने यमप्रसाद ओलीले गरेका छन् ।

Comments