फेरि पालाम घन्काउँदै आइन् रीता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७७, २३ असार मंगलवार
no img

यु–ट्युबमा नयाँ पालाम सार्वजनिक भएको छ । बेलायत बस्दै आएकी रीता फोम्बो ‘ठूली’को शब्दरचना रहेको उक्त पालामको भिडियोलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् । लोकेन लिम्बू भाषाका भिडियो निर्देशनमा चर्चित छन् ।
गीतकार तथा पालामको लय संकलक रीताले अघिल्लो वर्ष निङ्वासुम् बोलको गीतिएल्बम ल्याएकी थिइन् । उनको यस पालामलाई निङ्वासुम–२ नाम दिएकी छिन्
सार्वजनिक पालममा रीताकै रचना, लयसंकलन तथा स्वर रहेको छ । साथमा उनलाई दिलिप फुरुम्बोले साथ दिएका छन् । अशोक लोहरुङ राईले एरेन्ज गरेको पालामको भिडियोमा बबिता नेयोङ र इन्द्रसुशील चोङबाङले अभिनय गरेका छन् । साथै माङ्गेना कुरुम्बाङ, केहेरसिंह लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेन, आशिष लिम्बू, नैनकला लिम्बू, विरुहाङ सम्बाहाम्फे (युके), गजेन्द्र सम्बाहाम्फे (युके) तथा याक्थुङ केलाङ सयङ ललितपुरका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ ।
भिडियोमा देखिएका कलाकारलाई छथरे ढाका उद्योग धरान र सेम्फुङमा क्रिएसनको भेषभूषामा सजिएका छन् । यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

शर्मिला लिम्बू (हङकङ), सरिता लिम्बू (हङकङ), एभरेष्ट कल्चर रेकर्डिङ स्टुडियो, योगेश खापुङ, कृष्टि खापुङ, सृष्टि खापुङ, नवराज येङदेन, प्रनेश लिम्बूको सहयोग रहेको भिडियोलाई गीता फोम्बो लिम्बू (धरान), सीता फोम्बो लावती (भक्तपुर), पवित्रा फोम्बो लिम्बू (हङकङ)ले निर्माण गरेका हुन् ।

Comments