धरानबाट ६ जनाको मात्रै अडिसन
screennepal
प्रकाशित: २०७६, ६ चैत्र बिहीबार
no img

‘मिस नेपाल–२०२०’ का लागि अडिसन सुरु भएको छ । यसैक्रममा पूर्वको सुन्दर नगरी धरानमा ६ जनाले अडिसन दिएका छन् । १२ जना सहभागीमध्ये ६ जनाले मात्र अडिसन दिन पाएका थिए ।
आयोजकको प्रवधानअनुसार ५.४ इन्च उचाई, प्लस २ उर्तिण र१८ बर्ष काटेको अविवहित हुनुपर्ने भएकाले अन्य सहभागीको उचाई कम भएको थियो ।
धरान अडिसनमा ‘मिस नेपाल–२०१७’की विजेता निकिता चन्डक, ‘मिस नेपाल अर्थ–२०१९’ रिया बस्नेत निर्णायक थिए । अडिसनमा उनीहरुले गरेको कुराकानी, प्रस्तुति, आत्मविश्वास र बौद्धिकस्तर मापन गरिएको थियो ।


नेपालको विभिन्न ८ स्थानमा अडिसन सकिएपछि आगामी १५ चैतमा काठमाडौंमा अन्तिम अडिसन राखिएको आयोजकले जनाएको छ । अडिसनमा सम्पूर्ण प्रतियोगीबाट अंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने आयोजक हिडन ट्रेजरले जनाएको छ ।
‘मिस नेपाल’को सुरुवातदेखि को–ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माले कोरियोग्राफी गर्दै आएकी छन् । यस बर्षदेखि सह–कोरियोग्राफरको रुपमा प्रियारानी लामाले सघाउने भएकी छन् ।

Comments