‘डाँडा पाखा’मा यस्तो रुपमा देखिइन् रेखा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १७ माघ शुक्रबार
no img

गायिका श्रेयासी चेम्जोङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘देउरालीको डाँडा पाखा’ बोलको उक्त गीतमा शब्दरचना कवि ताम्लिङको रहेको छ ।
गीतकार ताम्लिङकै निर्माण रहेको भिडियोलाई लोकेन साँवा लिम्बूको निर्देश्न गरेका हुन् । यस भिडियोमा अभिनेत्री तथा मोडल रेखा लिम्बू, योगेन्द राई र शर्मिला यक्सोले अभिनय गरेका छन् । ‘आकांक्षा’ नामक एल्बममा समावेश उक्त गीतको संगीत भने कुमार दुमी राईले गरेका हुन् ।
गीतकार ताम्लिङ अमेरिका बस्दै आएका छन् । प्रवासमा रहेर पनि उनले नेपाली साहित्य र गीतसंगीत क्षेत्रमा निरन्तर देखिँदै आएका छन् । यो पछिल्लो गीत त्यसैको एक उदाहरण हो । ताम्लिङको यो पछिल्लो गीत ‘देउरालीको डाँडा पाखा’ को भिडियोलाई छायाँकन उत्सब दाहाल र सम्पादन निशान घिमिरेले गरेका छन् ।

Comments