मुस्ताङको माइनस १० डिग्रीमा भेटिइन् जुरेली (भिडियो)
screennepal
प्रकाशित: २०७६, १२ माघ आईतवार
no img

गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को भिडियो सार्वजनिक भएको छ । डीपी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छन् ।
पर्यटकीय क्षेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको छ । भिडियोमा रक कौशलको छायाँकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको सम्पादन रहेको छ ।

Comments