‘मिस ग्ल्याम नेपाल’ उपाधि रोजिनालाई
screennepal
प्रकाशित: २०७६, ५ माघ आईतवार
no img

‘मिस ग्ल्याम नेपाल–२०२०’को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै उनले मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्टवाकको उपाधि समेत हात पारिन् । उनले उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
हास्य साम्राज्ञी बसुन्धरा भुसालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १३ जना अन्तिम प्रतिस्पर्धीमा थिए । जसमा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप र सेकेण्ड रनरअप धरानकी सम्झना परियार भइन् । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन् । उनीहरुलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
यस्तै, प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारेकी छन् भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, ईलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीपिलनीकोे उपाधि हात पार्न सफल भए ।
प्रतियोगितामा बिभिन्न अडिशनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रालिका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए । प्रतियोगिताले किशोरीहरुमा आत्मविश्वास बढाउने, व्यक्तित्वविकास गराउने, वतृत्व कलाको विकास गराउने उद्देश्य रहेको अध्यक्ष तामाङलेले बताए ।
सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्वविकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेकटर सुस्मिता गोलेले जानकारी गराइन् ।

Comments