सहिमा-सन्दीपको ‘‘तिम्रै हुनु छ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २९ मंसिर आईतवार
no img

गायिका सहिमा श्रेष्ठ केही फरक खालको गीतका साथ आएकी छन् । पाश्र्वगायन तथा आइटम नम्बरमा कहलिएकी यी गायिकाको ‘तिम्रै हुनु छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको ‘तिम्रै हुनु छ’ फास्ट लोकलयमा तयार पारिएको छ । यसअघि सहिमाले तीजका गीतहरुमा स्वर दिँदै आएको भएपनि लोकगीत गाएको भने यो पहिलोपटक हो । ‘तिम्रै हुनु छ’ प्रस्तुत लोकगीतसँगै सहिमाले आफूलाई भर्सटायल गायिकाको रुपमा प्रस्तुत गरेकी छन् ।
यो गीत सहिमाले चर्चित लोकगायक सन्दीप न्यौपानेसँग गाएकी छन् । मोडल समेत रहेका सन्दीप लोक तथा दोहोरी गीतका लागि चर्चित छन् । उनै सन्दीपसँग पछिल्लो समय सहिमाले ‘तिमै्र हुनु छ’ गाएर आफूलाई पनि लोकसंगीतमा ढालेकी छन् । पछिल्लो समय लोकगीत तथा दोहोरी गीतले बजार ओगटिरहेका बेला सहिमा र सन्दीपका लागि संगीतकार दीपक शर्माले यो गीत तयार गरेका छन् । दीपक चलचित्र संगीतकारमात्र नभएर सुगम संगीतका लागि समेत चर्चित छन् ।
यिनै तीन चर्चितहरुको संयुक्त प्रयासमा बनेको ‘तिम्रै हुनु छ’ गीत तथा भिडियोलाई दर्शकले पनि रुचाएका छन् । यु–ट्युबमा सार्वजनिक गरेको छोटो समयमै यस गीतलाई ५० हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । शान थापाले निर्देशन गरेको यस भिडियोमा अलिशा राई अर्जुन गौतमले अभिनय गरेका छन् ।

Comments